Advertisement

राम नवमीको अवसरमा वुक्षारोपन

न्युजडेस्क
२०७९ चैत्र १६, बिहीबार १९:१६

जनकपुरधाम,चैत्र १६ गते । जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले मानव सभ्यता का लागि पर्यावरण संरक्षण अपरिहार्य रहेको कुरा बताउनुभयो ।
जानकी एकडेमीक हस्पिटल रामगोपालपुरले मर्यादा पुरुषोम भगवान श्रीरामको जन्म दिन राम नवमीको अवसरमा अायोजना गरेको पर्यावरण संरक्षण का लागि वृक्षारोपन कार्यक्रमलाई सम्बोधन गर्न क्रममा प्रदेश सांसद यादवले वातावरण प्रदुषण नियन्त्रणका लागि वृक्षारोपन अभियान को रुपमा संचालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रम ब‍ोल्दै जानकी एकडेमीक हस्पिटल का संस्थापक पुर्व स्वास्थ राज्य मंत्री डा सुरेन्द्र यादवले पर्यावरण संरक्षण को सन्देश दिदै अाफुले हस्पिटल परिषरमा वुक्षारोपन गरेकोे कुरा बताउनुभयो ।
उहाँले स्वस्थ मानव जीवन का लागि वुक्षारोपन अति अावश्यक रहेको कुरा बताउंनु भयो ।
सो कार्यक्रममा वृक्ष मानव सुरेश शर्मा ले रुख विरुवा संरक्षण का लागि सामुहिक प्रयास र नियमित अभ्यास अावश्यक रहेको कुरा बताएका छन।
कार्यक्रममा अर्थ विज्ञ रजनिश कुमार सिंह ,दुधमति सफाई अभियन्तन सुदिप मंडल,अानन्द सहनी सहित सहभागीहरुले हस्पिटल परिषरमा वृक्षारोपन पनि गरेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर