Advertisement
☰

एनसेलले थ्रीजी सीम फोरजीमा अपग्रेड गर्दा बोनस दिने, दुई जीबी फोरजी डेटा पाउने

न्युजडेस्क
२०७७ माघ ७, बुधबार १४:०१

काठमाडौं। एनसेल आजियाटाले थ्रीजीबाट फोरजीमा सीम अपग्रेड गर्ने ग्राहकका लागि आकर्षक बोनस योजना ल्याएको छ। यो योजना अन्तर्गत फोरजीमा सीम अपग्रेड गर्ने ग्राहकले दुई जीबी फोरजी डेटा बोनस पाउने कम्पनीले जनाएको छ।

एनसेलले नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो। यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार द्रुत गति मोबाइल ब्रोडब्याण्ड फोरजीका साथ गेम्स्, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सामाजिक सञ्जालको प्रयोग लगायत सजिलै गर्न सकिन्छ। एनसेल सेन्टर, पसल वा आधिकारिक बिक्रेतामार्फत सीम अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ।

यो योजनाअन्तर्गतको बोनस फोरजी डेटा सात दिनको लागि मान्य रहने छ। अपग्रेडपछि डेटा प्याक खरिदमा बोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ लगायतका सुविधा पाउनेछन्।

फोरजी सेवा प्रयोगको लागि ग्राहकलाई फोरजी सीम, फोरजी सपोर्ट गर्ने मोबाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्ने छ। ग्राहकले आफूले प्रयोग गरेको सीम कार्ड फोरजी भए/नभएको थाहा पाउन एस्ट्रिक्स३२४ ह्यास डायल गरी वा अंग्रेजीमा अक्षर ठूलो ‘क्यू’ लेखेर ३२४ मा एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर