Advertisement

उपनिर्वाचनबाट निर्वाचीत भएका सांसदहरुको शपथ ग्रहण आज

न्युजडेस्क
२०८० बैशाख १५, शुक्रबार १०:०७

काठमाडौं । उपनिर्वाचनबाट निर्वाचीत भएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ ।

बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेका हुन् ।उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् ।


गत मंसिर ४ को निर्वाचनबाट तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले यही वैशाख १० गते उपनिर्वाचन गरिएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका हुन् ।

यसैगरी यसअघि कांग्रेसले जितेको तनहुँ १ बाट कांग्रेस त्यागेर रास्वपामा गएका अर्थविद वाग्ले चुनिए । अघिल्लो पटक जनमत पार्टीका सीके राउतसँग सप्तरी २ बाट पराजित भएका जसपा अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनको बलमा बारा २ बाट चुनाव जितेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर