Advertisement
☰

चितवनबाटै चुनाव लड्छु, चितवन छाड्दा राम्रो सन्देश जाँदैन : प्रचण्ड

न्युजडेस्क
२०७९ भाद्र २४, शुक्रबार २३:०३

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू चितवन – ३ बाटै चुनाव लड्ने बताएका छन्।
प्रेस सेन्टर कास्कीले शुक्रबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताउँदै चितवनबाट दायाँबायाँ नगर्ने बताए।
उनले भने, ‘यसपटक म चितवनबाटै चुनाव लड्छु। जित्छु भन्नेमा विश्वस्त छु। मैले अहिले चिवतन छाड्दा राम्रो सन्देश जाँदैन।’
विगतमा आफूले विभिन्न जिल्लाबाट चुनाव लडेर प्रचण्ड देशभरीका जनताको हो भन्ने सिद्द गर्न खोजेको बताए। उनले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा ठूलो समस्या नरहेको उल्लेख गर्दै सहमति र समझदारीको निकट पुगिसकेको दाबी गरे। उनले भने, ‘नेताहरुको अन्यत्र कार्यक्रम नपरेको भए हिजै टुंगोमा पुगिसक्ने थियो। आज ३ बजेपछि शीर्ष नेताको बैठक बसेर टुंगोमा पुग्नेछौँ।’
अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र राष्ट्रिय सभाले फेरि दोस्रोपटक पारित गरी पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा आफू विश्वस्त रहेको बताए।

‘यो पटक प्रमाणीकरण गर्नु हुनेछ भन्ने आशा छ। संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर पठाइसकेपछि अब संविधानले कसैलाई पनि यताउती गर्ने अधिकार दिएको छैन।’ उनले भने, ‘हामी आशा गर्छौं राष्ट्रपतिले योपटक प्रमाणीकरण गर्नु हुनेछ। लाखौँ नेपाली नागरिकताविहीन हुँदा उनीहरुको वृद्धि विकास सबै क्षेत्रमा असर परेको छ । त्यस्तो अफ्ठ्यारो अवस्थामा रहेका नेपालीलाई राष्ट्रपतिले बचाउनु हुनेछ भनेर म आशा गर्छु।’

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर