Advertisement

प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना

न्युजडेस्क
२०८० भाद्र २५, सोमबार २०:३९

जनकपुरधाम, भदौ २५ । १७ वर्ष अघि भएको गौर घटना तत्कालिन माओवादी नेता प्रभु साह को दम्भ र माओवादी पिडितहरुको आक्रोश को उपज रहेको एक कार्यकममा दावि गरिएको छ ।
नेपाल बौद्धिक पेशाकर्मी महासंघ मधेश प्रदेश, समितिले आज जनकपुरधाममा आयोजना गरेको गौर घटना : यथार्थ र भ्रम विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो दावी गरेका हुन।
तत्कालिन मधेशी जनअधिकार फोरमको केन्द्रिय निर्णय अनुसार एक महिना अघि नै गौरको राइस मिलमा विरोध सभा आयोजना गर्ने निर्णय गरेको भए पनि प्रभु साहलेआफ्नो दम्भ देखाउन सोही ठाउँमा कार्यक्रम गर्ने ढिपी कसे पछी घटना भएको उनिहरुको दावी थियो।
विभिन्न स्थानमा फोरमको विरोध सभा विथोलेको माओवादी गौरको कार्यक्रम समेत विथोल्ने योजना अनुरूप बाहिर बाट माओवादी लडाकुलाई बोलाएर कार्यक्रममा आक्रमण गरेपछि माओवादी पीडितहरुको आक्रोशका कारण माओवादी लडाकुहरु मारिएको उनि हरुको दावी थियो ।
स्थानिय माओवादी पिडित हरुले प्रतिकार नगरेको भए फोरमका नेता कार्यकर्ता लाई ठुलो क्षति बेहोर्नु पर्थ्यो उनिहरुले
बताए।
१७ बर्ष अघिको घटना लाई उचालेर पुन: संघीयता लाई संकटमा पार्न खोजिए को भन्दै वक्ता हरुले शासक वर्गलाई सचेत समेत गराएका थिए।
बौद्धिक पेशाकर्मी महासंघ मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षता मा भएको उक्त अन्तरक्रिया कार्यक्रम मा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत, पूर्व आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादव, घटना का प्रत्यक्ष दर्शी शिवलाल पटेल लगायतकाका हरुले घटना को यथार्थता बारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्राध्यापक, अधिबक्ता, चिकित्सक, लगायतका बुद्धिजिवीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर