Advertisement

चाँदीका गरगहनासहित वीरगञ्जबाट एकजना पक्राउ

न्युजडेस्क
२०७८ भाद्र ४, शुक्रबार ०७:४६

बारा । प्रहरीले चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सौनी गाउँपालिका-६ का ६० वर्षीय नागेन्द्र साह सोनार रहेका छन् ।भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै विशेष सूचनाका आधारमा पैदल हिडिरहेका शाहलाई प्रहरीले वीरगञ्जस्थित शंकराचार्य गेटबाट पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ६ केजी १६८ ग्राम चाँदीका गरगहना बरामद गरेको छ।

पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर