Advertisement

प्रधानमन्त्री ओलीलाई सिरहामा कालोझण्डा

न्युजडेस्क
२०७७ माघ १९, सोमबार १७:४०

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिरहामा विद्यार्थीहरुले कालोझण्डा देखाएका छन् ।

तत्कालीन एमाले नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा सहभागी हुन सिरहा पुगेका प्रधानमन्त्री ओलीलाई सदरमुकाम सिरहा बजारमा नेकपाका प्रचण्ड–माधव पक्षका युवा तथा विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् ।

स्व।यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् । प्रहरीले कालोझण्डा देखाउने ५÷६ युवा तथा विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर