Advertisement

आज बिहान एमाले सचिवालय बैठक

न्युजडेस्क
२०८१ पुष १०, बुधबार ०८:५५

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ।
बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सचिवालय बैठक बस्ने छ।
एमाले प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमकाअनुसार आज बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ। एमालेले पुसभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ।
बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ। त्यस्तै, पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने प्रचार विभाग प्रमुख गौतमले बताए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर