Advertisement

तमु ल्होसारको अवसरमा जसपा नेपालद्वारा शुभकामना व्यक्त

न्युजडेस्क
२०८१ पुष १४, आईतवार १६:५७

काठमाडौं । गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष यादवले आइतबार शुभकामना सन्देश जारी गर्दै तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहने तमु समुदायलगायत सम्पूर्ण नेपालीहरुमा सुख, समृद्धि, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन ।

‘नेपालमा तमु जातिले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्दछ ।’ अध्यक्ष यादवले शुभकामना सन्देशमा भनेका छन् ।

यस विशिष्ट पर्वले तमु जातिलगायत सम्पूर्ण नेपालीहरुबीच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, एकता, सद्भाव र भ्रातृत्व अभिवृद्धि गर्दै राष्ट्रिय एकता मजबुत हुने विश्वास उनले गरेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर