Advertisement

गौशालास्थित होटेलमा मृत फेला परेकी युवतीसँगै बसेका युवक मोबाइल लिएर फरार

न्युजडेस्क
२०८१ पुष १८, बिहीबार १९:३०

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित होटेलमा मृत भेटिएकी युवतीसँगै बसेका युवक फरार भएका छन् ।काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवतीसँगै बसेका युवक मृतकको मोबाइलसमेत लिएर फरार भएका हुन् ।२२ वर्षीया खड्का बुधबार साँझ पिंगलास्थानस्थित वाग्मती होटेलको ३०८ नम्बर कोठामा मृत फेला परेकी थिइन् ।
बाहिरबाट कोठा बन्द गरिएको अवस्थामा उनको शव फेला परेको थियो । सुस्मितासँग कोठामा उनका केटा साथी समेत बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।मृत्युपछि भने ती युवक चाबी लगाएर भागेको देखिएको प्रहरीले जनाएको छ । मृत फेला परेकी युवतीको कोठामा रेडबुलको बट्टा भेटिएको छ ।अन्य कुनै खानेकुराहरू नभेटिएकाले घटनाको प्रकृति हेर्दा ती युवतीले रेडबुल पिएको जस्तो देखिएको प्रहरी स्रोतले बतायो ।फरार युवकको पहिचान भइसकेको र पक्राउ गर्न मात्रै बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर