Advertisement
☰

रौतहट मा जग्गा विषयमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु

न्युजडेस्क
२०७७ मंसिर ११, बिहीबार ०७:५१

रौतहटको गरुडा नगरपालिका-७ मा जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गरुडा नगरपालिका-७ भिमडाबरका ५० वर्षीय फतिंगा ठाकुर रहेका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार झडपका क्रममा ज्ञानी ठाकुर, ध्यानी ठाकुर र नागेन्द्र ठाकुरको समूहले चिरान काठले टाउकोमा प्रहार गर्दा फतिंगा गम्भीर घाइते भएका थिए । घाइते फतिंगाको गरुडाकै एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी रवि रावलले बताए ।

प्रहरीका अनुसार चिरान काठ प्रहार गर्ने तीनै जना दाजुभाइले फतिंगा ठाकुरको जमिनलाई आफनो जमिन भएको दाबी गर्दै आएका थिए । जग्गा विवादले बुधबार उग्ररुप लिँदा दुवै पक्षबीच कुटाकुट भएको थियो । सोही क्रममा तीन जना मिलेर फतिंगालाई चिरान काठ प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि गरुडाकै एक अस्पतालमा पु¥याइएको तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी रावलले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर