सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले किसानको धान निःशुल्क काट्न शुरु गरेको छ ।
मजदुर लगाएर काट्नुपर्ने झन्झटबाट किसानलाई मुक्ति दिनका लागि गाउँपालिकाले आफ्नो ट्याक्टरको प्रयोग गरेर धान काट्न शुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले गाउँपालिकाले खरिद गरेको चार वटा ट्याक्टरको प्रयोग गरी मंगलबारदेखि किसानको धान काटिदिन थालेको बताए ।
प्रतिक्रिया दिनुहोस्