Advertisement

प्रदेश सांसद यादव द्वारा आंखा शिविर को उदघाटन

न्युजडेस्क
२०७८ बैशाख १०, शुक्रबार १३:५५

समाजवादी नेता प्रदेश सांसद रामअशिष यादव ले एक समारोह का बीच निशुल्क अांखा शिविर को उदघाटन गर्नुभयो।

प्रदेश सांसद यादव ले निशुल्क अांखा शिविर को आयोजनले यस क्षेत्र का नागरिक लाई लाभ हुने कुरा बताउनुभएको छ।

नेपाल रेडक्रस सोसाइटी श्री जानकी आंखा अस्पताल जनकपुरधामका सभापति समाजसेवी गंगा राम यादव को संयोजन मा भएको कार्यक्रम मा हंसपुर नगरपालिका का प्रमुख राम ज्ञान मंडल, विदेह नगरपालिका का प्रमुख बेचन दास, जसपा जिल्ला अध्यक्ष पशुपति यादव, जनकपुरधाम उधोग बाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह सहित वक्ता हरु ले शिविर को महत्व माथि प्रकाश पार्नेु भएको थियो।

हंशपुर नगरपालिका को तपसीबाबा उच्च माध्यमिक विद्यालय टिलहीमा आयोजन भएको शिविरमा मोतिबिन्दु को रोगी लाई जानकी आंखा अस्पताल मा निशुल्क शल्यक्रिया गर्ने कुरा आयोजक ले जानकारी दिनुभयो।

शिविर उदघाटन अघि प्रमुख अतिथि प्रदेश सांसद यादव सहित विशिष्ट अतिथि र अतिथिहरुद्वार विधालय को प्राङगणमा वृक्षारोपन गरिएको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर