Advertisement
☰

वैदेशिक रोजगारीमा गएकाहरुलाई यथासिघ्र निशुल्क उद्धार गर: जसपा

न्युजडेस्क
२०७७ भाद्र ९, मंगलवार १५:५४

जनता समाजवादी पार्टी (जसपा)का पहिचानमा आधारित राष्ट्रिय समितिहरुले विदेशमा रहेका नेपालीहरुको यथासिघ्र निशुल्क उद्धार गर्न सरकारसँग माग गरेका छन् ।

काम गर्नका लागि विदेश गएकाहरुलाई नेपाल फर्कनका लागि महंगो शुल्क तिर्न बाध्य बनाउने सरकारको पछिल्लो निर्णयको विरोध समेत गरिएको छ ।

चीनमा डाक्टर पढ्न जाने धनीका छोराछोरीहरुलाई चाहिँ निशुल्क उद्धार गरी नेपाल ल्याउने तर नेपालमा रोजगारी नपाएर खाडी मुलुकमा काम गर्न गएका गरिब जनताका छोराछोरीलाई भने नेपाल आउन चाहँदा पनि महंगो शुल्क लिने नीति बनाउनु सरकारको लुटतन्त्र भएको उनीहरुले आरोप लगाएका छन् ।

जसपा निकट लिम्बुवान, किरात, शेर्पालुङ, मधेस, ताम्सालिङ, नेवा, शिल्पी, तमुवान, मगरात, खसान र थरुहट राष्ट्रिय समितिले संयुक्त विज्ञप्ति गरी विदेशबाट आउन चाहनेहरुका लागि महंगो शुल्क तिर्नुपर्ने गरी सरकारले बनाएको नीतिको विरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर