Advertisement

सामसङ अध्यक्ष लीको ७८ वर्षको उमेरमा निधन

न्युजडेस्क
२०७७ कार्तिक ९, आईतवार ११:५३

काठमाण्डाै – सामसङ कम्पनीका अध्यक्ष ली कुन हीको ७८ वर्षको उमेरमा निधन भएको छ । 

लीले बीमा र शिपिङ जस्ता क्षेत्रमा विविधता ल्याउनका लागि आफ्नो पिताको सानो व्यापारिक व्यवसायलाई एक आर्थिक पावरहाउसको रुपमा विकसित गर्न सहयोग गर्नुभएको थियो ।

लीको जीवनकालका क्रममा सामसङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो टेक फर्म बन्यो ।  

फोर्ब्सका अनुसार ली २१ बिलियन अमेरिकी डलरका साथ दक्षिण कोरियाको सबैभन्दा धनी व्यक्ति हुनु हुन्थ्यो ।  

लीको आफ्नो निवासमा निधन भए पनि निधनको कारण के हो भन्नेबारेमा बताइएको छैन ।  

सामसङले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘सामसङ उनको यादलाई सजाएर राख्नेछ र उनीसँग साझा गरिएको यात्राका लागि आभारी छौँ ।’  

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर