Advertisement
☰

अर्घाखाँचीमा घरमा एक्लै बस्दै आएकी वृद्धा मृत भेटिइन्

न्युजडेस्क
२०७७ मंसिर १७, बुधबार ८:१६

काठमाडौं । अर्घाखाँचीमा एकजना वृद्धा मृत फेला परेकी छन् । घरमा एक्लै बसेकी महिला चल्हो नजिकै शरीको केही ठाउँमा आगोले पोलिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीका अनुसार पाणिनी गाउँपालिका-२ पोखराथोककी ७१ वर्षीय पुतली नेपाली महिला मृत भेटिएकी हुन् ।
केही ठाउँमा आगोले पोलेको भए पनि जलेरै मृत्यु भएको भन्न सकिने अवस्था नभएको डीएसपी बुढाथोकीले बताए ।

शवको प्रकृति हेर्दा मुखबाट रगत पनि बगेको र वान्ता पनि भएकोले अन्य केही कारणले मृत्यु भएको हुनसक्ने उनले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर