जनकपुरधाम / जनताले दुई तिहाई को मत दिएर ओलि नेतृत्व को सरकार बनायो तर सरकारले जनतालाई दुख दियो आज नेपाल कमनिस्ट पार्टी का नेताहरु आफ्नो ब्यक्तिगत स्वार्थको लागि देशमा अशान्ती र द्वुन्द सिर्जना गरिदिए छ। आफ्नो ब्यक्तिगत स्वार्थ,सत्ता,लोभलालच र पद को लागि जनता को मत लाई अपमान गरेको छ। हजारौ शहिदहरु को सपना र बलिदानलाई अपमान गरेको छ।
देशमा अनियमितता, भर्स्टाचारी, चोरी, डकैती, हत्याहिंसा,बलात्कार ,दिनहु बढदै छ तर सरकार निजि स्वार्थ का लागि अध्यादेश ल्याइको छ। शिक्षा,स्वास्थय,यातायात,प्रबिधि,रोजगारी जनताको हकहितमा हुने फाइदालाई ध्यान नदिई संसद बिघटन गर्नु, यस्तो गैर जिम्मेवारी,नैतिकहिन,कु बिचारबादी सरकार बाट कहिले पनि जनता को भलो हुदैन ।
त्यस्कारन प्रत्येक नागरिकले देश समृद्ध बनाउन आ–आफ्नो स्थानबाट देशप्रति सच्चा भावनाले समर्पित हुनु पर्छ।
विभिन्न प्रकारका आग्रह, पूर्वाग्राहि त्यागेर राष्ट्रिय भावनाले देश र जनताप्रती समर्पित हुनुपर्छ । समाज तथा राष्ट्रले मलाई के दियो भन्नु भन्दा पनि मैले समाज र राष्ट्रलाई के दिन सके भनेर स्वमूल्यांकन गरि प्रत्येक सच्चा नेपाली नागरिकले आ–आफ्नो ठाउँबाट मेहनत तथा ईमानदारी पूर्वक आफ्ना लागि र आफ्नो देश को लागि दायित्व कर्तव्य पुरा गरि देश बिकास निर्माणमा लाग्नुपर्छ,नाकि तानाशाही ओलि जस्तो जो देशलाई बिकास को बाटो रोकेर बिनास को बाटोमा धकेल्न र देशमा अस्थिरता पाइदा गरि रास्ट्रलाई कमजोर पार्ने ।
प्रतिक्रिया दिनुहोस्