बिरगंज पुस १९ गते / उच्च अदालत जनकपुर अस्थायी इजलास बिरगंज मा ३ वटा इजलास भवन निर्माण गर्नको लागि आज प्रदेस सरकार को भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनल ज्युले स्थलगत निरिक्षण गर्नु भएको छ ।
केही दिन अगाडि बिरगंज उच्च अदालत को माननीय न्यायाधीश शेखर पौडेल ज्यु ले मन्त्रालय मै पुगेर मन्त्री ज्युको ध्यानाकर्षण गराउनु भएको थियो । इजलास को अभावमा न्याय सम्पादन मा समस्य भएको जानकारी पाए लगतै मन्त्री सोनल ज्युले अदालत परिषर मै पुगेर इजलास भवन निर्माण को लागि जग्गा निरिक्षण गर्नु भएको छ । निरिक्षण गर्दै मन्त्री सोनल ले सन्तुलित बिकास को लागि प्रदेस सरकार प्रतिबद्ध रहेको भन्नू भयो । न्याय मा जनताको सहज पहुचको लागि प्रदेस सरकार गम्भीर भएको ले छिटो भन्दा छिटो इजलास भवन निर्माण कार्य गर्न मन्त्रालय को इन्जिनियर बिनोद यादव लाई निर्देशन समेत दिनु भएको छ ।
निरिक्षण मा प्रदेस सांसद मा. पारस साह , मा. जनत अन्सारी , मा. करिमा बेगम , नेपाल बार एसोसिएसन के केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंह , अधिवक्ता सुधिर कर्ण , प्रमहंस केशरी , उमेश जैसवाल , अरुण दुबे, चन्द्रीका यादव , जसपा नेता राजेश मान सिंह लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्