• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

आन्तरिक पर्यटक आकर्षित गर्दै ‘मौला कालिका’

२०७७ पुष २६, आईतवार १४:०८

नवलपुर । कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ । गत पुस १ गतेदेखि मन्दिरमा सर्वसाधारणका लागि पूजा खुला गरिएपछि मन्दिरमा चहलपहल बढ्दै गएको हो ।

नारायणी नदी पुलबाट करिब चार किलोमिटर उत्तरमा पर्ने मौला कालिका मन्दिर ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भएकाले समेत जिल्ला बाहिरका पर्यटकसमेत आउने गरेका धार्मिक सेवा समिति मौला कालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । १६औँ शताब्दीको इतिहास बोकेको सो मन्दिर धार्मिक हिसाबले देशभर तथा छिमेकी मुलुकमा समेत प्रख्यात भएकाले धार्मिक तीर्थयात्रीका लागि महत्वपूर्ण गन्तव्य बनेको सापकोटाले बताउनुभयो । “कोभिड–१९ सङ्क्रमणको त्रासका कारण लामो समयसम्म मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोकेका थियौँ”, मन्दिरका अध्यक्ष सापकोटाले भन्नुभयो, “पुस १ गतेदेखि धार्मिकस्थल खुला गर्ने निर्णयसँगै हामीले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै मन्दिर खुला गरेका हौँ ।” मन्दिर खुला भएसँगै नवलपरासी, चितवनलगायत देशका विभिन्न स्थानबाट धार्मिक पर्यटक आउन शुरु भएको उहाँले बताउनुभयो ।

“शनिबार तथा बिदाको दिनमा दैनिक तीन हजारभन्दा बढी मानिस आउन थालेका छन्”, सापकोटाले भन्नुभयो, “अन्य दिनमा समेत एक हजारभन्दा बढी मानिस पूजाआजाका लागि आउने गर्नुभएको छ ।” लामो समय बन्द भएको धार्मिक गतिविधि पुनः सञ्चालन हुँदा सोहीअनुसार भक्तजन मन्दिरमा आउन थालेका उहाँले बताउनुभयो । मन्दिरमा पूजाआजासँगै ‘मर्निङवाक’का लागि समेत स्थानीयवासी आउने गरेको सापकोटाले बताउनुभयो । करिब दुई किलोमिटरको पैदलयात्रापछि मन्दिरमा पुग्न सकिने भन्दै सापकोटाले भन्नुभयो, “मन्दिरमा पुग्नका लागि एक हजार ८८२ खुट्किला चढ्नुपर्छ ।” मन्दिरमा खुट्किला निर्माण भएसँगै मन्दिरमा दर्शनका लागि आउने भक्तालुलाई सहजता थपिएको उहाँको भनाइ छ ।

मौला कालिका मन्दिरलाई पवित्र तीर्थस्थल देवघाटधामसँग जोड्नका लागि समेत पदमार्ग निर्माण गरिएको छ । करिब तीन हजार ४०० मिटर लम्बाइको पदमार्गले देवघाट र मौला कालिका मन्दिरका धार्मिक पर्यटकलाई जोड्नका लागि सहयोग गर्ने पदमार्ग निर्माण समितिका संयोजक टङ्कनाथ पौडेलले बताउनुभयो । “देवघाट आएका धार्मिक पर्यटकलाई मौला कालिका मन्दिरसम्म पु¥याउन हामीले पदमार्ग निर्माण गरेका हौँ”, पौडेलले भन्नुभयो, “पदमार्गका कारण देवघाट र मौला कालिका मन्दिरको दूरीसमेत छोटिएको छ ।” पदमार्ग निर्माण नहुँदै देवघाट आएका तीर्थयात्रीलाई मौला कालिका मन्दिर पुग्नका लागि नारायणगढ भएर जानुपर्ने बाध्यता रहेको भन्दै पौडेलले भन्नुभयो, “अब त्यो झन्झट गर्नुपर्दैन । उहाँहरु देवघाटबाट सिधै करिब साँढे तीन किलोमिटरको पैदलयात्रापछि मौला कालिका मन्दिर पुग्न सक्नुहुनेछ ।” पदमार्ग निर्माणपछि देवघाटबाट मौला कालिका जान चाहने धार्मिक पर्यटकको समयको समेत बचत भएको र यसले दुवै ठाउँमा पर्यटक बढाउन केही भए पनि मद्दत पुगेको उहाँको भनाइ छ । मौला कालिका मन्दिर पुगेर दर्शन गरेपछि मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यहाँ टाढा–टाढाबाट तीर्थयात्री आउने गरेका छन् ।

बाँकेको कोहलपुरबाट मौला कालिका मन्दिर दर्शनका लागि आउनुभएका कृष्ण न्यौपानेले मन्दिर पुगेपछि आफ्नो मन हलुका भएको बताउनुभयो । “मन्दिरका बारेमा मैले आफन्तबाट धेरै सुनेको थिएँ, आज आफैँले अनुभूति गर्न पाएँ”, न्यौपानेले भन्नुभयो, “मन्दिरको सुन्दरता, यहाँको प्राकृतिक वातावरण तथा माताको सानिध्यतामा पुग्दा सबै दुःख पीडा बिर्सिने रहेछ ।” सर्वसाधारणका लागि पुस १ गतेदेखि मन्दिर खुला गरिएको भए पनि आवश्यक स्वास्थ्य सतर्कताबिना मन्दिर प्रवेशमा निषेध गरिएको छ । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले मन्दिर प्रवेश गरेर दर्शन गर्नका लागि अनिवार्यरूपमा मास्क लगाउनुपर्ने तथा भौतिक दूरी कायम गर्नुपर्ने बताउनुभयो ।

“बिदा तथा महत्वपूर्ण चाडपर्वको दिनमा मन्दिरमा भीडभाड धेरै नै हुने गरेको छ”, पौडेलले भन्नुभयो, “यस्तो अवस्थामा स्वास्थ्य सावधानी पूर्णरूपमा पालना गराउन सुरक्षाकर्मी परिचालन गरेर मानिसलाई मन्दिर प्रवेश गर्ने व्यवस्था गरेका छौँ ।” सार्वजनिक बिदाको दिनबाहेक अन्य दिन नेपाल प्रहरीले मात्रै सुरक्षा दिँदै आएको मन्दिरमा सार्वजनिक बिदा र चाडपर्वको दिनमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसमेत परिचालन गरिएको पौडेलले बताउनुभयो । मन्दिर र पदमार्गस्थलमा फोहर हुन नदिन विभिन्न सङ्घसंस्थाको सहकार्यमा नियमित सरसफाइ गरिँदै आएको पौडेलको भनाइ छ ।रासस

सम्बन्धित खवर

प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

ताजा समाचार

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech