काठमाडाैँ । नेकपा (प्रचण्ड-नेपाल समूह)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल उपचारपछि स्वदेश फर्किनुभएकाे छ । भारतको मुम्बईमा उपचारपश्चात सीता दुई छोरीसँगै स्वदेश फर्किनुभएकाे हाे ।
उहाँ उपचारका लागि अध्यक्ष प्रचण्डसहित गत पुस २० गते मुम्बई जानुभएकाे थियाे । राजनीतिक कार्य व्यस्तताका कारण प्रचण्ड त्यसकाे ५ दिनपछि नै स्वदेश फर्किनुभएको थियाे ।
विगतमा पनि स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा एवं प्राकृतिक पद्धतिबाट समेत सीताकाे उपचार गरिएको थियो तर समस्या समाधान हुन सकेन । उहाँ लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित हुनुहुन्छ । पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई गत पुस २० गते मुम्बई लगिएको हो ।
प्रतिक्रिया दिनुहोस्