Advertisement

सीता दाहाल मुम्बईमा उपचारपछि स्वदेश फिर्ता

न्युजडेस्क
२०७७ माघ ३, शनिबार १३:१२

काठमाडाैँ । नेकपा (प्रचण्ड-नेपाल समूह)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल उपचारपछि स्वदेश फर्किनुभएकाे छ । भारतको मुम्बईमा उपचारपश्चात सीता दुई छोरीसँगै स्वदेश फर्किनुभएकाे हाे ।

उहाँ उपचारका लागि अध्यक्ष प्रचण्डसहित गत पुस २० गते मुम्बई जानुभएकाे थियाे । राजनीतिक कार्य व्यस्तताका कारण प्रचण्ड त्यसकाे ५ दिनपछि नै स्वदेश फर्किनुभएको थियाे ।

विगतमा पनि स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा एवं प्राकृतिक पद्धतिबाट समेत सीताकाे उपचार गरिएको थियो तर समस्या समाधान हुन सकेन । उहाँ लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित हुनुहुन्छ । पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई गत पुस २० गते मुम्बई लगिएको हो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर