Advertisement

प्रदेश सांसद यादव दोस्रोपटक उत्कृष्ट सांसद

न्युजडेस्क
२०८१ माघ २२, मंगलवार ००:५३

जनकपुरधाम,माघ २१ गते । जनता समाजवादी पार्टी,नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादव मधेश प्रदेश सभाका उत्कृष्ट प्रदेश सांसद भएका छन।
मधेश प्रदेश सभाको सातौं वार्षिकोत्सबको अवसरमा प्रमुख अतिथि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक समारोहबीच प्रदेश सांसद यादवलाई उत्कृष्ट सांसद सम्मानपत्र प्रदान गरि सम्मान गरेका छन।
धनुषा निर्वाचन क्षेत्र नं २ “२”वाट २०७४ सालमा प्रदेश मै सार्वधिक मतले बिजय प्राप्त गरेका समाजसेवी नेता प्रदेश सांसद यादव पहिलो कार्यकालमा पनि मधेश प्रदेश सभाका उत्कृष्ट सांसद पुरस्कारबाट सम्मानित भए थिए र दोस्रो कार्यकालमा पनि मधेश प्रदेश सभाको संसदीय गतिविधि तथा ऐन कानुन निर्माणमा सार्थक भूमिका निर्वाह गर्दै आएको प्रदेश सांसद यादवलाई दोस्रोपटक पनि उत्कृष्ट सांसद पुरस्कार बाट सम्मानित गरेका छन।
मधेश प्रदेश सभाबाट निर्माण हुने अधिकांश ऐन,विनयोजन विधेयक ,बजेट निर्माणमा सुक्ष्म अध्ययन,अनुसन्धान गरि ,सैद्धान्तिक र दफावार छलफलमा सक्रिय भुमिका निर्वाह गर्दै आएका समाजवादी नेता प्रदेश सांसद यादव मधेश प्रदेश सभाका लोकप्रिय नेता को रुपमा परिचित छन।
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मंडलको अध्यक्ष्ातामा सम्पन्न समारोहमा मुख्यमंत्री सतिश कुमार सिंह ,भौतिक पुर्वाधार विकास मंत्री सरोज यादव,शिक्षा तथा संस्कृति मंत्री रानी शर्मा तिवारी ,खेलकुद तथा समाज कल्याण मंत्री प्रमोद जयसबाल,उपसभामुख बबिता इसर राउत,प्रदेश सांसदहरु भरत साह,महेश यादव,रामसरोज यादव ,रत्नेश्वर लाल गोइत सहितका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर