काठमाडौं, ८ माघ । संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन भनेको छ ।
आजको सुनुवाइका क्रममा संसद विघटनको सदर गरेपछि राजपत्रमा प्रकाशित समेत नगरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले बहस गरेका थिए ।
उनीहरूको बहस सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नायब महान्यायाधीवक्ता पदम पाण्डेसँग राजपत्रको सूचना उपलब्ध गराउन भनेका हुन् ।
गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेकी थिइन् ।
























