Advertisement

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ कर्मचारीमा कोरोना संक्रमण

द प्रदेश टाइम्स
२०७७ असार २२, सोमबार १५:०४

काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा संलग्न नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल वायुसेवा निगम स्रोतका अनुसार संक्रमित मध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेका छन् । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ ।

उनीहरु सोल्टी होटलमा बस्दै आएका थिए ।  कोरोना पुष्टि भएपछि चालक दलका अन्य सदस्यको पनि पीसीआर परीक्षणको तयारी गरिएको छ ।



तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर