Advertisement
☰

यदुकूहामा नव विवाहित युवतिको लास भेटेपछि…

न्युजडेस्क
२०७९ भाद्र २८, मंगलवार १३:४१

जनकपुर क्षेत्रस्थित एकाबिहानै युवतिको लास फेला परेको हो। धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ र ४ को बीचमा पर्ने पुलचोकस्थित एकाबिहानै युवतिको लास फेला परेको हो ।

यदुकूहाको पुलचोकस्थित रहेको नहरसँगै एक झाडीमा युवतिको लास फेला परेको हो । अन्दाजी २६ बर्षिय युवति नव विवाहिता रहेको स्थानीय प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

ईलाका प्रहरी कार्यालय यदुकुहाको कार्यालयदेखि केही दुरीमा युवतिको लास फेला परेको प्रत्यदर्शीहरुले जनाएका छन् । बिहान स्थानीयहरु खेतबारी तर्फ जाँदा युवतिलाई मृत अवस्थामा देखेपछि स्थानीयहरुलाई खवर गरेको थियो ।

स्थानीयहरुले नजिकको प्रहरीलाई जानकारी गराएपछि घटना बाहिर आएको हो । मुचुल्कापछि युवतिको लासलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल पठाउने तयारी समेत गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर