महोत्तरीको एकडारा गाउँपालिका–१ मा आगलागी हुँदा भैँसीगोठ र चौपाया जलेको छ ।
मंगलबार बिहान स्थानीय बिल्टु साहको भैँसीगोठमा वस्तुभाउ न्यानो पार्नका लागि बालिएको घुरको आगो सल्केर भैँसीगोठ र एक पाडो जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
सो आगलागीमा कुनै मानवीय क्षति नभए पनि गोठ र चौपाया गरी करिब रु दुई लाखको क्षति भएको पीडित बिल्टुले बताए ।
वारुणयन्त्र र अन्य पानी निभाउने साधनका अभावमा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्