Advertisement

नयाँ बानेश्वरमा प्रदर्शनको क्रममा झडप,डीएसपी पौडेल घाइते

न्युजडेस्क
२०८१ फाल्गुन १८, आईतवार १४:०५

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा आज भएको प्रदर्शनको क्रममा झडप भएको छ । ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । झडपमा प्रहरी वृत्त डीएसपी गंगा पौडेल घाइते भएका छन् ।
डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार हुँदैछ । सङ्घर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ ।निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर