Advertisement
☰

दुई बुँदे मागसहित २० औं पटक आमरण अनसन बस्ने प्रा.डा. केसीको घोषणा

न्युजडेस्क
२०७७ माघ २१, बुधबार ०८:२८

सामाजिक अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । दुई बुँदे माग अघि सार्दै डा. केसीले फागुन १२ गतेदेखि फेरि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा आलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै संविधानको रक्षा गर्नुपर्ने, विधि र प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।

आगामी पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी संविधान नकुल्चियोस् भन्नका लागि नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

डा. केसी यो भन्दा अगाडि पनि विभिन्न मागहरु राख्दै १९ पटक आमारण अनसन बसिसकेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर