जनता समाजवादी पार्टी नेपाल का नेता प्रदेश सांसद रामअशिष यादव ले आर्युवेद र योग प्राणायाम को महत्व कोविड को समयमा सबै ले महसुस गरेको कुरा बताउनुभएको छ।

जनकपुरधाम आर्युवेद औषधालय ले छैठौं राष्ट्रिय योग दिवस को अवसरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि स्वच्छता अभियन्ता प्रदेश सांसद यादव ले योग महत्व सबै जानेको अवस्थामा अब विधालय को पाठ्यक्रम मा योग विषय समावेश गरेर कुशल व्यवस्थापन आवश्यक रहेको बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव यादव, औषधालय प्रमुख सिमा झा, प्रहरी उपरीक्षक प्रकाश राणाभट्ट
वार्ड अध्यक्ष पुन्य प्रसाद यादव, वृक्ष मानव सुरेश शर्मा, योगगुरु मनोहर साह, इन्द्र देव मंडल, सुरेश यादव, बिमल पन्डित एन्टी प्लास्टिक म्यान कृष्ण चन्द्र साह सहित का वक्ता हरुले योग आर्युवेद को महत्व को विषयमा चर्चा गर्नुभयो।

कार्यक्रम मा सहभागी हरु वृक्ष रोपन सहित प्लास्टिक पोलिथिन लाई निरुत्साहित गर्न स्वच्छता अभियन्ता तृय कृष्ण दिक्षित, कृष्ण चन्द्र साह, अम्बु साह को सहयोग मा कपडा को झोला वितरण गरिएको थियो।


























