Advertisement
☰

छिन्नमस्ता एजुकेसनल एकेडेमीको द्वार बक्तृत्वकला प्रतियोगिता सम्पन्न- दहेज मुक्त मिथला

न्युजडेस्क
२०७७ फाल्गुन १९, बुधबार २२:०९

नबिन यादब
सप्तरी।

राजविराज स्थित छिन्नमस्ता एजुकेसनल एकेडेमीको प्राङ्गणमा आज बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

दहेज मुक्त मिथिला नेपालको १०औं स्थापना दिवसको उपलक्ष्यमा दमुमीको संस्थापक अध्यक्ष करुणा झाले आयोजना गरिएको हो ।

“दहेज प्रथाको अन्त” राखिएको शिर्षकमा सम्पन्न भएको प्रतियोगिताका सहभागी प्रतियोगीहरु मध्ये शैफअलि खान प्रथम ,प्रियंका यादव दोस्रो र विद्या यादव तेस्रो भएका थिए भने सान्त्वना पुरस्कार प्रीया यादवले हात पारिन् ।प्रतियोगितामा १७ जना प्रतियोगीहरु सहभागी भएका थिए ।

डा.श्वेता झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि अरुण यादव रहेको थियो।यसैगरी प्रतियोगिताका निर्णायक समितिमा संस्थाको तिलाठी कोइलाडी गाउँपालिका शाखा अध्यक्ष बबलु कुमार मिश्र,सचिव सुनिल कुमार मिश्र र कोषाध्यक्ष निराजन सिंह तथा छिन्नमस्ता कलेज प्रशासन प्रमुख लक्ष्मण प्रसाद न्योपानै रहेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर