जनकपुरधाम, कार्तिक १७ ।जनता समाजवादी नेपालका युवा नेता जितेन्द्र यादवले प्रदेश सरकार को लोकप्रीय कार्यक्रमहरु बाट बिपक्षीदलहरु त्रसित भएको आरोप लगाउनु भएको छ।
मुख्यमन्त्री बेटीबचाउ बेटीपढाउ कार्यक्रम अन्तर्गत नगराईन नपाको वाडा न ७ देवडिहा स्थित श्री राष्ट्रिय अधारभुत बिधालयमा आयोजित साइकल बितरण समारोहलाई सम्बोधन गर्दै नेता यादवले छोरीहरुको मनोबल उकास्न प्रदेश सरकार साईकल लिएर सर्व सधारणहरुको घर सम्म पुगेको बिषय विपक्षहरुलाई अपाच्य भएको बताउनु भयो।
साईकल बितरन कार्यक्रमलाई अबरोध गर्न केही दल्हरु विभिन्न हतकन्डा अपनाई रहेको उलेक!गर्दै नेता यादवले अख्तियरको नाउमा मुख्यमन्त्री कार्यलयमा माचाएको बितण्डा त्यसकै एउटा प्रारुप रहेको उल्लेख गर्नु भयो। जनप्रीय कार्यक्रमहरुलाई असफल बनाउन चाहने तत्वहरुको पहिचान जनताले गरिसकेको उहाको कथन थियो।
कार्यक्रममा यसै शैक्षिक सत्रमा कक्षा ८ उतिर्ण गरेकी २१ जना छत्राहरुलाई साईकल हस्तान्तरण गरिएको थियो
कार्यक्रममा जसपाको केन्द्रिय सदस्य बेचन मुखिया ले दलित, जनजाति, आदिवासी लगाईतका छात्राहरुलाई शिक्षित बनाउन प्रदेश सरकारले चालेको कद सराहनीय रहेको बताउनु भयो।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णचन्द्र यादवको अध्यक्षतमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जसपा केन्द्रिय सदस्य एवम् प्रदेश सांसद चमेली देवी दास, संघीय परिषद सदस्य प्रेम चन्द्र झा, जसपा प्रदेश सदस्य ममता पाठक, बौद्धिक पेसाकर्मी प्रदेश सदस्य महेश मण्डल, अमरेन्द झा, बौद्धिक पेसाकर्मी धनुषा जिल्ला अध्यक्ष ब्रज किशोर यादव, जसपा जिल्ला सदस्य मोनिका यादव, लागायतको सहभागीता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्