• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

यसपालीको दशैँ : गरिबलाई छाक टार्ने चिन्ता, धनी बजार निस्कनै डराए

२०७७ आश्विन २१, बुधबार ११:००

दशैँ सुरु हुन अब दुई हप्ता पनि बाँकी छैन । पहिले दशैँ आउनु एक महिना अघिदेखि बजारमा भिडभाड हुन्थ्यो, पसलमा खुट्टा राख्ने ठाउँ हुदैनथ्यो । फुटपाथदेखि सपिङ मलसम्म जता पनि किन्ने बेच्नेलाई फुर्सद हुँदैन थियो । बजारमा चहलपहल बढेपछि दशैँ आएजस्तै लाग्थ्यो ।

तर यसपालि दशैँ आउन लागिसक्दा समेत बजारमा चहलपहल छैन । बजारमा दशैँको उत्साहको सट्टा डर र त्रास छ । कोरोनाले धेरैको खल्ती रित्याएको छ । साना तथा मझौला उद्यम संकटमा छन् । कयौंको जागिर गएको छ । व्यापार गर्नेहरुको व्यापार चौपट छ ।  किनबेच हुने थलोमा मान्छे जानै डराएका छन् । यस्तै यस्तै कारणले बजारमा अझैसम्म दशैँको रौनक देखिएको छैन । 
मुख्य बजारमा छैन, विगतको जस्तो चहलपहल

दशैँ तिहारको बेला काठमाण्डौका असल, भोटाहिटी, न्यूरोड लगायतका ठाउँमा अन्यत्रभन्दा धेरै भिडभाड देखिन्छ  । तर यसपालि यस्तो भिडभाड विगतको तुलनामा ५० प्रतिशत पनि छैन । असनका गल्लीमा अहिले पनि केही चहलपहल छ । तर विगतमा पाइला राख्ने ठाउँ नहुने गल्ली अहिले सहजै पार गर्न सकिन्छ । 

‘काठमाण्डौका अरु ठाउँको व्यापार सुख्खा छ भन्ने सुनेका छौं, अरु ठाउँको तुलनामा हाम्रोमा केही धेरै व्यापार छ तर विगतको तुलनामा आधा पनि ग्राहक आएका छैनन’ असनमा फेन्सी पसल सञ्चालन गर्ने सौरभ अग्रवालले भन्नुभयो, ‘कोरोनाका कारण पहिलो कुरा मान्छे बजारमा निस्किएका छैनन्, निस्किएका मान्छेको लागि पनि खोजेजस्तो सामान छैन, त्यसैले व्यापार छैन’, अग्रवालले भन्नुभयो । 

जुत्ता चप्पलको होलसेल व्यापार गर्ने गणेश चन्द विगतमा काठमाण्डौ बाहिरका होलसेल पसलको लागि दैनिक १०/१२ वटा ठूला कारोबार गर्ने गरेकोमा यसपटक दिनमा मुश्किलले एउटा मात्रै कारोबार भएको बताउनुहुन्छ ।

‘नेपालगञ्ज, धनगढीदेखि जुम्लासम्मको लागि होलसेल सामान बिक्री हुन्थ्यो, दैनिक २५ वटासम्म ठूला कारोबार गरिन्थ्यो, अहिले त मुश्किलले एउटा पनि हुँदैन, खुद्रा बजारमा केही ग्राहक आए पनि हाम्रो होलसेल बजार सुनसान छ’ चन्दले भन्नुभयो । 

‘वल्लो घरमा रमझम, पल्लो घरमा सुख्खा दशैँ हुने देखियो’

६ महिनादेखि जागिर गुमाएका र व्यापार व्यवसाय नचलेकाहरुको दशैँ सुख्खा हुने नेपाल राष्ट्रिय व्यापार व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल बताउनुहुन्छ । बजारमा भइरहेको किनमेल हेर्दा पनि त्यस्तै देखिएको कटुवालको भनाई छ । 

‘जस्को नियमित तलव आइरहेको छ, दशैँमा बोनस पनि पाउनुहुन्छ, पहिलेदेखि धेरै पैसा बचत छ, उहाँहरुको दशैँ भव्य नै हुन्छ, तर जागिर गुमाएका, ६ महिनादेखि व्यापार चौपट भएकाहरुको दशैँ सुख्खा हुने कुरा बजारले देखाइसकेको छ’ अध्यक्ष कटुवालले भन्नुभयो । 

पहिले गरिब तथा सामान्य आय हुनेहरुले पनि दशैँको लागि नयाँ कपडा र मिठो खानाको जोहो गरे पनि अहिले त्यो वर्ग छाक टार्ने चिन्तामा रहेको उहाँको भनाई छ । 

‘वल्लो घरमा दशैँको रमझम हुँदा पल्लो घरमा छाक टार्ने समस्याका साथ दशैँ बित्दैछ, यसले साह्रै नरमाइलो फील गराउने भयो’ नेपाल राष्ट्रिय व्यापार व्यवसायी महासंघका अध्यक्ष कटुवालले भन्नुभयो । 

सपिङ मलको व्यापार चौपट

कोरोनाको सबैभन्दा ठूलो मार आफूहरुले खेपेको बताउँछन, मलमा पसल सञ्चालन गर्नेहरु । सरकारले अनुमति नदिँदा अरु बजार खुलै हुँदा पनि मलहरु ठप्प थिए । सरकारले नै मलमा कोरोना धेरै हुन्छ जस्तो व्यवहार गर्दा त्यसको असर अहिले भोगिरहेको उनीहरुको भनाई छ । 

‘सामान्य पसलमा भन्दा मलमा सपिङ गर्न आउन धेरै सुरक्षित छ, हामीले मास्क, स्यानिटाइजर सुरक्षित गरेका छौं, भौतिक दूरी कायम गन पनि मिल्छ, तर मानिसहरुमा भ्रम परेकाले मलमा सपिङ गर्न आउनेहरु निकै कम छन’ सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले उज्यालो अनलाइनसँग भन्नुभयो । 

विगतका वर्षहरुमा यो समय निकै भिडभाड हुने गरे पनि अहिले दैनिक फाट्टफुट्ट २/४ जना मात्रै ग्राहक आउने गरेको घिमिरेको भनाई छ । 

‘सामान्य आय भएका मान्छे पनि मलमा सपिङ गर्न जाने चलन सुरु भएको थियो, तर कोरोनाले त्यो चलन भत्काइदिएको छ, पहिलेका मध्यम र सामान्य आय हुने मान्छेहरुसँग अहिले पैसा छैन, उच्च वर्गका मान्छे मल आएकै छैनन्’ सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरले भन्नुभयो । 

न्यूरोडको सबैभन्दा पुरानोमध्ये एक मल रञ्जना टे्रडर्सका व्यापारी अञ्जन शाक्य पनि मलमा आउने ग्राहकको संख्या घटेर अचम्ममा परेको बताउनुहुन्छ । 

‘मलहरु पनि यसरी सुनसान हुन्छन् भनेर हामीले कल्पना पनि गरेका थिएनौं, तर कल्पना नगरेकै दृष्य देख्नुपरेको छ, अन्य ठाउँमा भन्दा मलमा आउनेहरु सुरक्षित हुन्छन्, तर बुझाइमा कमी भएको छ’ शाक्यले भन्नुभयो । 
‘गरिब र मजदुरसँग पैसा छैन, उच्च वर्ग बजार निस्कनै चाहान्न’

अर्थविद् केशव आचार्य यो दशैँमा किनमेल र चहलपहलको लागि गरिब तथा मध्यम आय हुनेहरुसँग पैसा नै नभएको र उच्च वर्ग कोरोनाको डरले बजार निस्कनै नचाहेको  बताउनुहुन्छ । ६ महिनासम्म सरकारले गरेको पूर्ण लकडाउनका बेला गरिब तथा मध्यम आय भएका धेरैले गरेको बचत सकिएको र यसको प्रभाव दशैँ बजारमा देखा परेको उहाँको भनाइ छ । 

‘गरिब र मध्यम आय भएकाहरु अहिले छाक कसरी टार्ने भन्नेमै छन्, उनीहरु दशैँको सपिङ गर्न बजार जान सक्ने अवस्थामा छैनन्, उनीहरुसँग यसपटकको दशैँ भव्य बनाउने पैसा छैन’ अर्थविद् आचार्यले भन्नुभयो, ‘उच्च वर्ग कोरोनाको डरले बजार निस्कनै चाहेका छैनन्, उनीहरुलाई घर बाहिर ननिस्किए पनि पुग्छ, अर्डर गरेको भरमा घरमै सामान आइपुग्छ ।’

लकडाउनको सुरुमै राहत बाँड्न हतार गरेको सरकारले अहिले पनि राहत बाँड्नुपर्नेमा अर्थविद् आचार्यको जोड छ । 

‘दशैं आउने समयमा कार मेला चल्थ्यो, मानिसहरुले गाडी किन्थे । घरमा ठूलाठूला टीभी किन्ने, अन्य विद्युतीय सामान किन्ने, रङ्गरोगन गर्ने लगायतका काम गर्थे । यो पल्ट त्यस्ता कुनै पनि गतिविधि देखिएका छैनन् । सम्पन्न मान्छेको लागि जमघट र रमाइलो गर्न नपाउँदा चाडबाड खल्लो हुने देखिएको छ । गरिब मान्छेको लागि छाक टार्न नसक्दा दशैँ नरमाइलो हुनेछ’ आचार्यले भन्नुभयो । 

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech