काठमाडौं । नायिका नम्रता सापकोटाले आफूसँग जोडिएर आएको प्रेमको चर्चालाई नकार्न नसक्ने बताएकी छन् ।
‘ई टक’ कार्यक्रममा बोल्दै आफू धेरै कोएक्टरसँग सँगत गर्नु परिरहेको अवस्थामा बाहिर आउने प्रेमका चर्चाहरुलाई नकार्न नसक्ने उनले बताएकी हुन्। ‘कहिले काँही आफूसँगै अभिनय गरिएको ‘को एक्ट’सँग बसिन्छ । चिया कफी खाइन्छ बोलिन्छ । साथी सर्कल भनेको त्यही हो,’ उनले भनिन् ‘ त्यसरी देख्दा देख्दै अफियर छ भनेर न्यूज आउछ भने म इजी वेमा लिन्छु । कता लुकाउनु सबै।’
उनले हालको अवस्थामा सिंगल रहेको पनि खुलाएकी छन् । विवाहको समय पुगेको भएपनि विवाह नगरि बच्चा पाउने इच्छा रहेको उनले बताइन् । त्याे पूरा गर्ने समेत उनले बताइन् ।
‘साच्ची भन्दा खेरी बिहे चाही होइन, बच्चा चाही पाउन मन छ मलाई’, बिहे नगरी बच्चा पाउने पक्षमा हो तपाई ? भन्ने दोहोरो प्रश्नमा उनले भनिन् ‘समयले के मोड लिन्छ मलाई थाहा छैन । तर म बच्चा चाही पाउँछु । बिवाह गरेर हुन्छ वा नगरी हुन्छ । जे पनि हुनसक्छ । आगामी दिनमा । किन भने हामीले नै विस्तारै समाज परिवर्तन गर्नु पर्छ।’
विस्तारै नेपाली समाज परिवर्तन हुँदै आएको बताउदै उनले सिंगल आमा बन्न पाउने अधिकारले वैधानिकता पाउदै गएको उनले बताइन् ।
उनले सोही अनुसार नै सिंगल मोदर बन्न चाहेको बताइन् । ‘विहे अहिले चाहदिन तर बच्चा चाहन्छु । त्यसको लागि ३\४ वर्ष भित्रमा मेरो विवाह भएन भने पनि म बच्चा चाही पाउछु होला,’ उनले भनिन् ‘विहे नै नगरी पनि त बच्चा पाउन सकिन्छ होलानी अहिले धेरै माध्यमहरु छन् । भविश्यमा यो हुनसक्छ।’
विवाहको विरोधि आफू नभएको भन्दै इच्छाको आदर गर्ने पक्षमा रहेको उनको भनाइ छ ।
‘इच्छा लाग्यो विवाह गर्ने लागेन नगर्ने फोर्स फुल्ली नगरौँ भन्ने हो । यस्तै इच्छाको रेस्पेक्ट गर्न चाहन्छु म’ – उनले भनिन् ।
आफ्नो इच्छा चाहनाको बारेमा बुबा-आमा पूर्ण कन्भिन्स भएको उनले बताइन् । घरमा पनि यो विषयलाई लिएर बुबा आमालाई बच्चा ‘एडप्ट’ गर्ने बारेमा बताउदा सकारात्मक प्रतिकृया आएको उनले सुनाइन् । यद्यपि बुबाले भने विवाह पछि ‘एड्प्ड’ गर्न सुझाएको उनको भनाइ छ ।
सिंगल आमाले नागरिकता दिन पाउने कानूनले पनि आफ्नो इच्छालाई अझ प्रोत्साहन दिएको उनको भनाइ छ । ‘जुन कानूनी नै भइसकेको भए किन नगर्ने ? भन्ने मनमा आइरहेको छ’- उनले भनिन् ।
पुरुष प्रतिको नकारात्मक धारणाका कारण नभइ पोजेटिभ व्यक्ति नपाएकोेले यो अवधारणा आएको उनको भनाइ छ । आफूलाई धेरै मायाँ गर्नै पुरुषहरु हुँदा हुँदै पनि विवाह भन्दा आफू व्यक्तिगत इच्छाका कारण यो खालका कुराहरुमा जोड दिएको उनको भनाइ छ ।न्यूज २४
प्रतिक्रिया दिनुहोस्