Advertisement
☰

कक्षा १२ को परीक्षा होम सेन्टरमै हुने

न्युजडेस्क
२०७८ श्रावण १३, बुधबार १४:२६

काठमाडौँ । कक्षा १२ को परीक्षा विद्यार्थी अध्ययन गरेकै विद्यालय अर्थात होम सेन्टरमा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको जानकारी गराएका हुन् ।

परीक्ष साउन ३१ देखि भदौ ९ गतेसम्म हुँदैछ ।
एसइइको नतिजा आन्तरिक मूल्यांकनबाट प्रकाशित गर्ने तयारी भएको तर कक्षा १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होमसेन्टरबाट परीक्षा लिन लागेको सदस्य सचिव अर्यालले बताएका हुन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर