Advertisement
☰

महोत्तरीमा घाँस काट्न गएका ५ किशोरीसहित ७ जना सम्पर्कविहिन

न्युजडेस्क
२०७७ चैत्र १८, बुधबार ०८:४२

जनकपुर । महोत्तरीमा घाँस काट्न गएका ७ जना सम्पर्कविहीन भएका छन् । मंगलबार महोत्तरीको भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका २ बालिका र ५ किशोरीसहित ७ जनाको समूह सम्पर्कविहीन भएको हो  । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किंदा स्थानीयवासी तनावमा परेका छन् ।

सम्पर्कविहीन हुनेहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३ वर्षीय ज्योति पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १० वर्षीय रंजना पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् । उनीहरु सम्पर्कविहीन भएको भङ्गहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले जानकारी दिए ।

उनीहरु सबै घर नजिकैको चौरमा दिउँसो घाँस काट्न गएको र साँझसम्म घर नफर्किंदा खोजबिन सुरु गरिएको नगर प्रमुख साहले बताए । वेपत्ता बालिका र किशोरीहरूको खोजी गर्न प्रहरी टोली खटिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर