सर्लाही। सशस्त्र प्रहरीले पेस्तोल र गोलीसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सीतामढि जिल्ला बिसनपुर घर भएका २२ वर्षीय सकलदीप कुमार छन् ।
आइतबार साँझ करिब ८ बजेको समयमा सर्लाहीबाट कुमारलाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खुटौनाले मलंगवा नपा ६ खुटौनाबाट भारतीय मोटरसाइकल सहित कुमारलाई नियन्त्रणमा लिएको थियो ।उनको साथबाट २ नाल कटुवा पेस्तोल, त्यसमा लाग्ने २ राउण्ड गोली र २ सय ग्राम चरेस जस्तो देखिने कालो पदार्थसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
उनलाई आबश्यक कारबाहीको लागि स्थानीय प्रहरी कार्यालयमा बुझाइएको छ ।











