Advertisement
☰

सप्तरीको प्रेम कुमार साहले गरे दहेजमुक्त विवाह,संस्थाको अध्यक्ष झाद्वारा सम्मान

न्युजडेस्क
२०७८ बैशाख १४, मंगलवार १८:३५

सप्तरी
बैशाख-१३

सप्तरीका एक साह दम्पतीले दहेजमुक्त विवाह गरेका छ्न।

सप्तरीको राजविराज नगरपालिका वडा नं ७ निवासी युवा प्रेम कुमार साह हलुवाईले सोमबार राति दहेज नलिई कुमारी रोशनी साह संग विवाह गरेको हो।

प्रदिप कुमार साह र बबिता देबी साह हलुवाईका छोरा प्रेम साहले धनगढी शिस्वा निवासी परमेश्वर साह र तारा देबी साह हलुवाईकी छोरी कुमारी रोसनी संग बैसाख १३ गते राति समाजिक परम्परा अनुसार दहेजमुक्त विवाहमा बांधिएका छ्न ।

यसैगरि सो विवाहमा स्वयंवर कार्यक्रममा दहेज मुक्त मिथिला नेपालकि अध्यक्ष करुणा झाले यस्तो विवाहले युवाहरुमा दहेज लेनदेनबाट मुक्त हुने संदेश समेत गएको बताइन् ।साथै उहाँले जोकोही दम्पतीले दहेज मुक्त विवाह गरिरहेको भए संस्थालाई जानकारी गराए सम्मानका लागी संस्था सदैव उपस्थित रहेन प्रतिबद्धता समेत व्यक्त गरिन।

सो दहेज मुक्त विवाहको कार्यक्रममा संचारकर्मी नबिन यादव, महिला समाजसेवी रमिला देवी साह, दहेज मुक्त मिथला नेपालकी अध्यक्ष करूणा झाले नव साह दम्पतिलाई दहेज मुक्त मिथला संस्थाको तर्फबाट कदर पत्र संगै दोसल्ला ओढाएर आशिर्वाद दिदै सम्मान समेत गरेकी हुन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर