Advertisement

नगराईनमा जनता समाजवादी दलित मुक्ती संगठनको टोल समिति गठन

न्युजडेस्क
२०७८ मंसिर २, बिहीबार १६:३७

जनकपुरधाम मंसिर २ गते । हरेक बालबालिकालाई विद्यालय पठाउने अठोटका साथ जनता समाजवादी दलित मुक्ती संगठनको टोल समिति गठन गरिएको छ ।

धनुषा जिल्ला नगराइन नगरपालिका वाडा न १ हासपट्टि स्थित दलित बस्तीमा रहेका हरेक बालबालिकालाई पठनपाठनका अनिवार्य रुपमा बिद्यालय पठाउने अभियानमा समुदाय एक्यवद्ध भएका कुरा प्रदेश अध्यक्ष महराले जानकारी गराए।

सम्पुर्ण दलित समुदायको समर्थनमा स्थानीय दिनेश कुमार सदाको नेतृत्वमा चयन भएको ७ सदस्यीय टोल समितिमा सम्पूर्ण दलित जनसमुदायले शिक्षालाई प्रथम प्राथमिकतामा राख्ने सर्वसहमतिमा निर्णय भएको कुरा उहाँले बताए ।

उक्त कार्यक्रममा जनता समाजवादी दलित मुक्ति संगठनका प्रदेश अध्यक्ष रामो महरा, धनुषा जिल्ला अध्यक्ष रामेश्वर महरा एबम जसपा नेता चन्देश्वर सदाको उपस्थितिमा आजको बैठक सफलता पुर्वक सप्पन्न भएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर