काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज वीर अस्पताल भर्ना हुने भएका छन् । भोलि हुने न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि डा भट्टराई आजै वीर अस्पतालमा भर्ना हुने भएका हुन् ।
डा सुबोध अधिकारी नेतृत्वको टोलीले उनको शल्यक्रिया गर्नेछ । यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो ।
परीक्षणका क्रममा चिकित्सकले ट्युमरमा क्यान्सर नभएको पुष्टि भए पनि छिटो शल्यक्रिया गर्न सुझाव दिएका थिए । सोही सुझावअनुसार शल्यक्रियाको लागि डा. भट्टराईले सरकारी अस्पताल रोजेका हुन् ।













