Advertisement
☰

प्रदेश न २ मा कोभिड १९ नियन्त्रण तथा उपचारमा खटेका व्यक्ति संक्रमित भए उपचार खर्च सरकारले व्यहोर्ने

न्युजडेस्क
२०७८ बैशाख १९, आईतवार १९:३१


जनकपुरधाम, बैशाख १९ । कोभिड महामारीको दोश्रो लहर भयावह रुप लिदै गएको अवस्थामा कोभिड नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति संक्रमित भए त्यस्ता संक्रमित जनशक्तिको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको आज सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
बैठकले भविष्य बढने सक्ने संक्रमितहरुको चापलाई ध्यानमा राख्दै प्रदेश भित्रका अन्य निजि अस्पतालहरुलाई नेपाल सरकारको मापदण्ड बमोजिम सम्झौता गरि संचालनमा ल्याउन समाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा रहेको समितिलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

त्यसै गरि बैठकले प्रदेश भित्र संचालनमा रहेका सार्वजनिक तथा सामुदायिक अस्पतालहरुको प्रयोगशालामा गरिने पिसिआर टेष्ट गर्न लगाउने निर्णय समेत गरेको छ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको पिसिसिएमसीको बैठकमा मन्त्रीहरु, प्रमुख सचिव लगायतका प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुख एवं स्वास्थ्य क्षेत्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर