Advertisement
☰

अध्यादेशमार्फत् वीर अस्पताललाई दलको कब्जामा राख्ने प्रयास: कोइराला

न्युजडेस्क
२०७८ जेष्ठ २९, शनिबार १९:१४

काठमाडाैं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले अध्यादेशमार्फत् वीर अस्पताललाई दलको कब्जामा राख्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत् उनले उक्त कुरा बताएका हुन्।
‘सरकारले अध्यादेशमार्फत् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को स्वामित्वमा रहेको वीर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर दलको कब्जामा राख्ने प्रयास गरेको छ,’ उनले लेखेका छन्।

उनले वीर अस्पताललाई स्रोत परिचालन र कार्यकर्ता भर्ती केन्द्र बनाउने तथा न्याम्सबाट अलग्याउने गरि अध्यादेश ल्याइनु सर्वसत्तावादी सोच भएको समेत बताएका छन्। सरकारले कोभिड-१९ संकट नियन्त्रण अध्यादेश ल्याएको छ। उक्त अध्यादेशमा वीर अस्पताललाई केन्द्रीय कोभिड युनिफाइड अस्पताल भनिएको छ। अध्यादेश अनुसार अस्पतालमा प्रमुख कार्यकारी अधिकारीका रुपमा डा जागेश्वर गौतम नियुक्त भइसकेका छन्।

अध्यादेश मार्फत नियुक्त भएका डा गौतमले काम सुरु गरिसकेका छन्। तर वीर र न्याम्सका कर्मचारीले भने विरोध गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर