Advertisement
☰

समाजवादी मुस्लिम संघ धनुषाको अध्यक्षमा कलिम राईन चयन

न्युजडेस्क
२०८० फाल्गुन ६, आईतवार २१:३५

जनकपुरधाम, फाल्गुन ०६ गते। जनता समाजवादी पार्टी नेपालको भात्री संगठन समाजवादी मुस्लिम संघ धनुषा जिल्ला अध्यक्षमा मो. कलिम राईन सर्व सहमतिले चयन भएको छ।
सबैला नगरपालिकाको जनता समाजवादी पार्टी नेपालको नगर पार्टी कार्यलयमा आयोजना गरेका भेलाबाट राईनलाई सर्व सहमतले चयन गरेको हो।
कार्यक्रममा उपस्थित मध्य सबै भन्दा जेष्ठ मो. अकमल राईनको अध्यक्षता र जसपाबाट निर्वाचीत धनुषा क्षेत्र न १ को संघीय सांसद दिपक कार्कीको प्रमुख अतिथित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा जसपा केन्द्रिय सल्लाहकार बिमल प्रसाद साह, प्रदेश संघीय परिषद सदस्य साजिद हुसेन, जसपा सबैला नगरपालिका अध्यक्ष बैजनाथ यादव, जसपा गनेशमान चारनाथ नगरपारलिका अध्यक्ष राम एकबाल शर्मा, लगाईत पार्टीका विभिन्न तहतपका नेताहरु सहभागीता कार्यक्रम सम्पन्न भएका छ्न।

समाजवदी मुस्लिम संघ धनुषाको जिल्ला कार्यसमितिमा उपाध्यक्ष, अजिम अनसारी, सचिव आमिन राईन, स.सचीव मो.कमरुदिन, कोषाध्यक्ष मो. जुवेर आलम, लगाईत २१ सदस्य समिति चयन भएका छ्न। साथै समाजवादी मुस्लिम संघ धनुषाको १८ नगरपालिका, गाउँपालिकामा छिटै नगर देखि वाडा सम्म समिति निर्माण गर्ने नवनियुक्त अध्यक्ष राईनले प्रतिबद्धता व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर