यदुकुहा शहिदमार्ग सडक किनारमा वृक्षारोपन
पर्यावरण योध्दा प्रदेश सांसद रामअशिष यादव ले जनकपुरधाम – यदुकुहा शहिदमार्गको सडक किनारमा वृक्षारोपन गरेर वृक्षारोपन कार्यक्रमको शुभारम्भ गर्नुभएको छ।
सो अवसरमा प्रदेश सांसद यादव ले मानव सभ्यता र जिवित प्राणी का रक्षाका लागि पर्यावरण संरक्षण एक पवित्र उद्देश्यका साथ सडक किनारमा वृक्षारोपन कार्यक्रम को शुभारम्भ गरिएको बताउनुभएको छ।
उहाँले सडक किनारमा वृक्षारोपन गर्नाले वायु प्रदूषण नियन्त्रणका साथै सडक सुरक्षा र स्वच्छ वातावरणका लागि महत्वपूर्ण हुने कुरा मा जोड दिनुभयो।
पर्यावरण संरक्षण का लागि निरन्तर प्रयासरत सांसद यादव ले प्राण वायु अक्सिजन प्राप्तिका लागि वृक्ष रोपन र वृक्ष रक्षण कार्य अति आवश्यक रहेको बताए।
वन प्रदेश निर्देशनालय को सहयोग र वन प्राबिधिक समाज जनकपुरधाम को संयोजन मा भएको कार्यक्रम मा उधोग, पर्यटन बन तथा वातावरण मन्त्रालय प्रदेश नं २ का प्रदेश सचिव डा राम चन्द्र कडेल,वन निर्देशक जगरनाथ जयसवाल, वृक्ष मानव, पर्यावरण योध्दा सुरेश शर्मा, जनकपुरधाम उधोग बाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, वन विज्ञ गणेश राय, प्राविधिक समाजका अध्यक्ष रामस्वार्थ साह, युवा अभियान्ता रन्जित चौधरी सहित स्थानीय बासीहरु ले सडक किनारमा वृक्षारोपन गरेका छन्।
प्रथम चरणमा जनकपुरधाम – यदुकुहा शहिदमार्ग सडक खण्डको कोल्डस्टोर देखि पौडेश्वरको जलाद पुल सम्म ५ किमि दुरिमा दुबै किनारमा वृक्षारोपन गर्ने कार्यक्रम रहेको कुरा वृक्ष मानव सुरेश शर्माले जानकारी दिनुभयो।
जय पर्यावरण, जय मानव
प्रतिक्रिया दिनुहोस्