काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का पूर्वअध्यक्ष र उच्च माध्यमिक विद्यालयहरूको साझा संगठन (हिसान) का पनि अध्यक्ष हुन्, उमेश श्रेष्ठ । शिक्षा क्षेत्रमा विशेष नाम कहलिएका उनी आइतबार एक्कासी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भए ।शिक्षा क्षेत्रमा ३ दशकभन्दा लामो यात्रा विताएका उनको एकमात्र परिचय छैन । उनको शिक्षा, कृषि, व्यापार/व्यवसाय, बैंक, होटलमा पनि लगानी रहेको छ ।
कुनै बेला राजधानीकै सर्वाधिक चर्चामा आउने लिटिल एन्जल्स स्कुलका संस्थापक अध्यक्ष श्रेष्ठ प्राइम बैंकको अध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।कर्म र भाग्य दुवै कारण प्रतिनिधिसभा भएको भन्न रुचाउने श्रेष्ठ जीवनमा दुई कुराले मात्र नपुग्ने र त्यसमा परिश्रम छुटाउन नहुने बताउँछन् ।भोजपुरबाट एसएलसी उत्तीर्ण गरेर राजधानी प्रवेश गरेका/ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त श्रेष्ठमाथि यसअघि पटक पटक ‘विद्यालय माफिया’ को आरोप लाग्दै आएको छ ।समानुपातिक तर्फबाट कांग्रेसबाट सांसद बनेका उनी विद्यालय चलाएर अथाह रकम आर्जन गरेको यसअघि नै समाचारहरु प्रकाशनमा आइसकेका छन् ।
त्यस्तै श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधन प्रस्ताव रोक्ने प्रयास गरेको पनि त्यत्तिबेला आरोप लागेको थियो ।यसअघि उनी सांसद हुँदा निजी विद्यालयलाई सहकारीमार्फत सञ्चालनका लागि सरकारले तयारी गर्दा उनले त्यो कदमलाई लत्याएको पनि आरोप छ ।हाल उनीसँगै कांग्रेसबाट विश्वको धनाढ्य व्यक्ति ‘फोब्र्स पत्रिका’मा नाम दर्ज गर्न सफल व्यापारी विनोद चौधरी पनि सांसद् रहेका छन् । त्यस्तै, कांग्रेसबाटै ठेकेदार एवं नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जिपछिरिङ लामा पनि सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्