जनकपुरधाम/ मिथिलाञ्चल क्षेत्रको ऐतिहासिक तथा धार्मिक महोत्सव रामजानकी विवाहपञ्चमी आज धुमधामका साथ मनाइदै छ । यस वर्ष कोरोना कहरका कारण भारतबाट विशेष जन्ती नआएपनि जनकपुरधाममा सम्पुर्ण विधिहरुका साथ विवाहपञ्चमी महोत्सव मनाइदै छ ।
विवाह पञ्चमीको पुर्वसन्ध्यामा शुक्रवार साँझ भगवान श्री सितारामको मटकोर कार्यक्रम विधीपुर्वक धुमधामसँग जनकपुरधाममा सम्पन्न भएको छ ।महोत्सवको पाँचौ दिन मिथिलानी महिलाहरु जानकी मन्दिरबाट विभिन्न प्रकारका वैवाहिक गित गाउँदै माटो खन्न ऐतिहासिक गंगासागर पोखरी पुगेर मटकोर कार्यक्रममा सजाईएको कोदालोले माटो खनेर ११ वटा थाल र एउटा विशेष कलशमा राखेर जानकी मन्दिर ल्याएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले जनाएका छन ।
मिथिला परम्परा अनुसार सोही माटोले शनिवार जानकी मन्दिरको प्राङ्गणमा मण्डप(मरबा) बनाईने छ जस्मा अवेर राती भगवान सितारामको वैवाहिक कार्यक्रमहरु हुनेछ विवाहपञ्चमी मेलाका आकर्षणका केन्द्र बिन्दुको रुपमा रहेको श्री जानकी मन्दिरका सहायक महन्थ राम रोशन दास सीताको प्रतिमा लिएर बाजागाजा, झाँकी किर्तन, जुलुसका साथ गँगासागर पुगेका थिए । महन्थ दासका अनुसार मिथिलाको परम्परा अनुसार विवाह भन्दा पहिला छोरीले नजीकको पोखरीमा पुगेर माटो कोर्नु पर्दछ । सोही परम्परा अनुसार सीताको मटकोर कार्यक्रमको आयोजना भएको हो ।
यस अघि बिहिवार तिल्कोत्सव र धानवती कार्यक्रम सम्पन्न भएको थियो । सोही धान लाई शनिवार राति भुटिने छ भने धानबाट निस्केको लाबाले भामरी विधि गरिने छ ।
पौराणिक कालमा मिथिलाका राजा राजर्षि जनककी छोरी सीता र अयोध्याका नरेश दशरथका छोरा रामचन्द्रको जनकपुरमा भएको विवाहको सम्झनामा मिथिलावासीले हर्षोल्लासका साथ मनाउने गरिन्छ । प्रत्येक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन मनाईने विवाहमहोत्सवमा सहभागी हुन नेपाल भारतका गरि लाखौँका सँख्यामा श्रद्धालु भक्तजन जनकपुरधाम आउने गरेकोमा यस वर्ष कोरोना कहरका कारण आन्तिरक पर्यटक र दर्शनालु मात्र देखिएका छन् । यहाँका प्राय सबै होटल, धर्मशाला, मठमन्दिरहरुमा यात्रुको भीडभाड छ ।
श्रीरामजानकी विवाहपञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । जानकी मन्दिरमा यस अघिका वर्षमा लाग्ने गरेको भिड यस वर्ष नहोस भन्ने उद्देश्यले ट्राफिक प्रहरी परिचालन गरिएको छ भो विगतका वर्षहरुमा चाडपर्वकै बेला केहि अप्रिय घटनाहरु हुने गरेकोले त्यसलाइ मध्येनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाईएको धनुषा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्