Advertisement
☰

सबियु विद्यार्थी नेता:- सुरेन्द्र यादवको समन्वयमा विरुवा वितरण

न्युजडेस्क
२०७७ श्रावण २६, सोमबार ८:५३

जनकपुरधाम : पर्यावरण संरक्षण गर्ने उद्देश्यले सर्लाहीको हरिपुर्वा नगरपालिकाका बिभिन्न वडाका व्यक्तिहरुलाई बिभिन्न प्रजातिका विरुवाहरु वितरण गरिएको छ ।

समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य समेत रहेका मधेश प्रदेश समितिका कोषाध्यक्ष सुरेन्द्र कुमार यादवको समन्वयमा सो नगरपालिका भित्रका बिभिन्न वडाका व्यक्तिहरुलाई प्रति व्यक्ति चार वटाका दरले बिभिन्न प्रजातिका ६ हजार विरुवा वितरण गरिएको हो ।

प्रदेश नं.२ का वन निर्देशनालयका पर्यावरण अभियानी सुरेश कुमार शर्मा तथा धनुषा वन कार्यालयका प्रमुख अशोक झाको सहयोगमा ६ हजार बिरुवा वितरण गरिएको यादवले बताए ।

उनले विरुवा वितरणका साथै पर्यावरण संरक्षणमा जोड दिदै प्राकृतिक जलाशय, कुवा, पोखरीको संरक्षणमा पनि जोड दिने योजना रहेको सुनाए ।विरुवा वितरण कार्यक्रममा स्थानीय युवा, राजनीतिकर्मी, किसान, बिद्यार्थी तथा स्थानीयवासीहरुको सहभागीता रहेको थियो

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर