Advertisement

कविरधाम कनकपट्टीमा सदकविर धर्मशालाको शिलान्यास

न्युजडेस्क
२०८१ पुष ७, आईतवार १६:२५

जनकपुरधाम,पुष ७ गते ।
जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १७ कनकपट्टीस्थित सदकविर महामण्डल नेपाल कनकपट्टी कविरधाममा सदकविर धर्मशालाको शिलान्यास गरिएको छ।
जनता समाजवादी पार्टी,नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादव र बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले संयुक्तरूपमा सदकविर धर्मशालाको एक समारोहबीच शिलान्यास गरेका छन।
मधेश प्रदेश सरकारको सहयोगमा कविरधाम कनकपट्टीमा निर्माणाधिन अवस्थामा रहेको सदकविर धर्मशाला तथा सभागृह मा अतिरिक्त निर्माण लागि संघीय सरकारको सहयोगमा ३० लाख रुपैयाँको लागतमा शहरी विकास कार्यालय द्वारा सो धर्मशालाको निर्माण हुने कुरा सदकविर महामण्डल नेपाल कविरधाम कनकपट्टीका अध्यक्ष राजेन्द्र साहेबले जानकारी दिएका छन।
यस अघि प्रदेश सांसद यादवको समन्वय र मधेश प्रदेश सरकारको सहयोगमा कविरधाम कनकपट्टीको डिपिआर तथा मास्टर प्लान तयारी गरि सदकविर सभागृह को निर्माण कार्य थालिएको छ।
शिलान्यास कार्यक्रममा जेष्ठ नागरिक समाजसेवी जगदेव यादवलाई सम्मान गरिएको छ।
सो अवसरमा समाजसेवी ग्राम का अभिभावक असर्फि साह,समाजसेवी हरु रामलोचन यादव,तिलेश्वर यादव,केवल यादव ,गोपाल साह मोहम्मद मकिम मोमिन सहित स्थानीयहरुको उपस्थिति रहेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर