काठमाडौं– सरकारले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरको छ।
आचारसंहिता विपरीत काम गरेको भन्दै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
‘नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई चारणविपरीत कार्य गरेकोले निजलाई स्पष्टीकरण सोध्ने’, मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने।
भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो वर्ष जेठ २८ गते रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो।
उनी सामाजिक सञ्जालमा व्यक्त गर्ने अभिव्यक्तिका कारण निकै आलोचित छन्।
सामाजिक सञ्जालमा ‘ओलीगिरी’ गर्ने भट्टराईले ओलीका विपक्षी र विभिन्न सञ्चारमाध्यमका सम्पादकप्रति निकै असहिष्णु टिप्पणी गर्दै आएका थिए।
एमालेको माधवकुमार नेपाल समूहप्रति पनि उनले तल्लोस्तरका टिप्पणी गर्दै आएका थिए। तुच्छ अभिव्यक्ति दिने गरेका भट्टराईलाई कारबाही गर्न नागरिकस्तरमा आवाज उठेपनि पूर्ववर्ती सरकारले उनलाई कारबाही गरेको थिएन।
प्रतिक्रिया दिनुहोस्