Advertisement

जनकपुरधाम- यदुकुहा शहिद मार्ग मा वृक्षारोपन अभियान जारी : प्रदेश सांसद यादव

न्युजडेस्क
२०७८ भाद्र ३१, बिहीबार ११:५९

जनकपुरधाम भाद्र ३१ गते। ‘दैनिक उत्सव क्षण : वृक्ष रोपन अभियान एक दृढ संकल्प का साथ जनकपुरधाम- यदुकुहा शहिद मार्ग मा वृक्षारोपन अभियान जारी रहेको छ।

प्रदेश सांसद रामअशिष यादवको परिकल्पना, उधोग, पर्यटन, बन तथा वातावरण मन्त्रालय प्रदेश नंं २ को सहयोग,वन प्राबिधिक समाज जनकपुरधाम को संयोजन र स्थानीय बासिन्दाहरूको सक्रिय सहकार्य मा जनकपुरधाम को पुल चौक स्थित कोल्ड स्टोर्स देखि पौडेश्वर हुंदै झिटकोहिया सम्म को सडकपेटी मा दोस्रो चरणको वृक्षारोपन अभियान सम्पन्न भएको छ।
वृक्षारोपन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद रामअशिष यादवले मानव सभ्यता का लागि पर्यावरण संरक्षण अति आवश्यक रहेको ले वृक्षारोपन अभियान मा सहभागिता जनाई वृक्ष रक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए।

बन प्राविधिक समाज जनकपुरधाम का अध्यक्ष राम स्वार्थ साहको अध्यक्षतामा भएको कार्यक्रममा वन विज्ञ गणेश राय, आम सञ्चार तथा मिडिया प्राधिकरण प्रदेश नं २ का अध्यक्ष श्याम सुन्दर यादव, वृक्ष मानव सुरेश शर्मा,वन विज्ञ बेचन महतो, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, जिल्ला बन अधिकृत सुनिल कर्ण, स्थानीय राजकिशोर यादव, शत्रुधन यादव , भोगेन्द्र यादव सहितकावक्ताहरुले वृक्ष को महत्व र संरक्षण विषयमा विचार गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर