Advertisement
☰

पर्सामा डाक्टर के सिको समर्थनमा आज पनि प्रदर्शन ।

न्युजडेस्क
२०७७ आश्विन २२, बिहीबार १५:१९

प्रेम नारायण यादव।

असोज २२, बिरगंज । १९ औ सत्याग्रह अनसनमा रहेका डा. के सिका समर्थकहरु सचेत नागरिकहरु बिरगंज पर्सा आज बिहिबार पनि एक्यवद्धता जनाउदै समर्थनमा बिरगंजको घण्टाघरमा एक घण्टा प्रदर्सनलाई निरंतरता दिएका छन ।

सो प्रदर्शनमा डा. उदय नारायण सिंह , डा.मनोज उपाध्याय, डा. राम किशोर सिंह, डा. नौसाद हक, डा. शासक प्रसाद, डा. अशोक राज ठाकुर, अधिवक्ता पन्नालाल गुप्ता, फजिल अहमद, सामाजिक अभियन्ताहरु मुकेश सरावगी, प्रकाश थारु, मनोज मिश्रा , लालबाबु सिंह, ओमप्रकाश सराफ, पन्नालाल साह , सन्चारकर्मी सन्जय दास थारु लगायत सर्बसाधारणहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा डा. केसिले उठाएका विभिन्न माग अङ्कित हाते प्लेकार्ड बोकि केही बेर नारा समेत लगाएका थियो । कार्यक्रम डा. केसिको माग पूरा नभए सम्म बिरगंजको घण्टाघरमा प्रत्येक दिन बिहान ७:१५ मा निरन्तर जारी रहने अभियन्ता लालबाबु सिंहले बताउनु भयो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर