सप्तरी । बालकको अपहरण गरेको अभियोगमा अदालतबाट कैद र जरिवाना तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
डाक्नेश्वरी नगरपालिका–७ का ४५ बर्षीय शिवकुमार मण्डललाई बिहीबार घरबाटै पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।११ बर्षअघि गाउँकै पुनित चौधरीको अपहरण गरेको मुद्दामा जिल्ला अदालतले २०७१ साल वैशाख ३ गते मण्डललाई ९ बर्ष कैद र १ लाख ५३ हजार १ सय ३३ रुपैयाँ जरिवाना तोकेको थियो ।
२०६७ साल माघ १३ गते तत्कालिन ब्रहमपुर गाविस–५ पसलबाट घरतर्फ जाने क्रममा १३ वर्षका पुनित चौधरी अपहरणमा परेका थिए । मण्डललाई कैद भुक्तानको लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।
























